झीगु ख्वप साकोसमा शैक्षिक उपहार कार्यक्रम सम्पन्न

झीगु ख्वप साकोसमा शैक्षिक उपहार कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ २९ । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.गोमारी, भक्तपुरको शिक्षा उपसमितिको आयोजनामा संस्थाका बाल बचत सदस्यहरुको निम्ति शैक्षिक उपहार कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेशका सांसद माननीय सुरेन्द्रराज गोसाईले बाल्यकाल देखि नै बच्चाहरुलाई मातृभाषा सिकाउनुका साथै हाम्रै समाजमा पूर्खाले छोडेर गएका अमूर्त सम्पति बाजागाजा बजाउन सिकाउनु पर्नेमा जोड दिदैं यसबाट आफ्नो पहिचान रहिरहने कुरा बताए।

उनले गायन, चित्रकलासंगै समाजसंग परिचित गराई सामाजिक कार्यमा बाल्यवस्थादेखि लगाउन सके सांच्चिकै भोलिको कर्णधार तयार हुने धारणा राखे । यस्ता कार्यहरु गर्दै बालबालिकाहरुको मनमस्तिष्कमा नयाँ सोच ल्याउने कार्यमा संघ,संस्था, अभिभावक एवं शिक्षकहरुले सहजीकरण गर्नुपर्ने कुरा बताउँदै सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना समेत ब्यक्त गरे।

संस्थापक अध्यक्ष एवं आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले बालबालिकाहरुलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम सञ्चालन गरेको कुरा बताउए। संस्थाका अध्यक्ष नारायणप्रसाद कवांले बालबालिकाहरुको चौतर्फी विकास गर्नुपर्ने भएकोले यस्ता कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गरे।

शिक्षा उपसमितिका संयोजक एवं संस्थापक सचिव आशाकुमार चिकंबञ्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक तुल्सिराम ग्वाछा र शिक्षा उपसमितिका सदस्य लक्ष्मीसुन्दर सुवाल लगायतले बोलेका थिए।

झीगु ख्वप बाँसुरी बाजा समूहको धुनमा प्रमुख अतिथिबाट पानसमा द्वीप प्रज्वलन गरेर सुरू भएको सो कार्यक्रममा २४० जना बाल बचत सदस्यहरुलाई शैक्षिक सामग्री उपहार प्रदान गरेको थियो ।

Published Date: 14 September 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली