टिकटकद्वारा नेपाली नागरिकलाई जागिर दिने घोषणा

टिकटकद्वारा नेपाली नागरिकलाई जागिर दिने घोषणा : Icon Khabar

काठमाडौं, भदौ २७ । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकले नेपाली नागरिकलाई जागिर दिने घोषणा गरेको छ । मनोरञ्जनका लागि अत्यधिक लोकप्रिय मानिने यो चिनियाँ एपले नेपालीहरुलाई जागिर पनि दिने भएको हो । टिकटकको आधिकारिक वेबसाइटमा यो कम्पनीले नेपालीका लागि जागिर खुलाएको कुराको जानकारी गराएको छ ।

पब्लिक पोलिसी म्यानेजरको पदका लागि टिकटक कम्पनीले जागिर खुला गरेको हो । टिकटकले नेपाल तथा नेपालीका लागि पहिलो पटक जागिरको अवसर सिर्जना गरे पनि उक्त पदमा नियुक्ता हुने व्यक्ति पाउने सेवा र सुविधाका बारेमा भने केही पनि उल्लेख गरिएको छैन ।

टिकटकमा जागिर खान इच्छुक नेपालीलाई अनलाइनमार्फत नै आवेदन दिन आग्रह गरिएको छ । टिकटकमा जागिर खाने व्यक्तिले नेपाली र अंग्रेजी लेख्न तथा बाल्न सक्नु पर्ने छ भने गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव हुनु पर्नेछ ।

यसबाहेक सरकारी निकायसंग जोगिएर काम गरेको अनुभव हुनु पर्ने लगायत विभिन्न योग्यता हुनु पर्ने बताएको छ ।

विश्वका विभिन्न ११ स्थानमा कार्यालय भएको टिकटकको मुख्य कार्यालय भने सिंगापुर तथा लस एञ्जलसमा छन् । अन्य कार्यालयहरु भने दुबई, सिओल, टोकियो, बर्लिन, डब्लिन, लण्डन, जाकार्ता तथा न्यूयोर्कमा छन् । नेपालीका लागि जागिर खुला गराएता पनि नेपाल हेर्ने टिकटकको कार्यलय भने दु्बईमा रहेको छ ।

Published Date: 12 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु