काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुग्यो

काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुग्यो : Icon Khabar

काठमाडौँ, भदौ २७ । काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

देशभर डेंगुबाट सङ्क्रमित सङ्ख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । सो सङ्ख्या माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सङ्क्रमितको हो ।

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा डेंगु फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ३ हजार ८६३ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा २ हजार ७४ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ९४४ जना, मधेसमा १४० जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५५६ जना, कर्णालीमा ११८ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४६४ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

Published Date: 12 September 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड