वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह : Icon Khabar

काठमाडौँ, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेसँग केही संस्थाले पैसा लिएको गुनासो आउने क्रम बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको हो ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेलाई कसैले भ्रम वा दबाबमा पारी गैरकानुनी रकम माग गरेको अवस्थामा सरकारलाई जानकारी गराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । कानुनविपरीत कसैले वैदेशिक रोजगारीमा जानेसँग ठगी गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि सोही विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेहरू देशको अवस्था, कामको प्रकृति, सेवा सर्तसमेत नबुझी गएर विदेशमा समस्या परी गुनासो गर्नेको सङ्ख्या बढेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए।

Published Date: 06 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर