वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह : Icon Khabar

काठमाडौँ, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेसँग केही संस्थाले पैसा लिएको गुनासो आउने क्रम बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको हो ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेलाई कसैले भ्रम वा दबाबमा पारी गैरकानुनी रकम माग गरेको अवस्थामा सरकारलाई जानकारी गराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । कानुनविपरीत कसैले वैदेशिक रोजगारीमा जानेसँग ठगी गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि सोही विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेहरू देशको अवस्था, कामको प्रकृति, सेवा सर्तसमेत नबुझी गएर विदेशमा समस्या परी गुनासो गर्नेको सङ्ख्या बढेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने