खादा र मालाले विमानस्थलको उपकरणलाई गम्भिर क्षति पुर्‍याएको छ: त्रिभुवन विमानस्थल

खादा र मालाले विमानस्थलको उपकरणलाई गम्भिर क्षति पुर्‍याएको छ: त्रिभुवन विमानस्थल : Icon Khabar

काठमाडौँ, भदौ २७ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रु तथा उनीहरूका आफन्तलाई लक्षित गरी खादामाला नल्याउन अपिल गर्दै सूचना जारी गरेको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।

‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’

कार्यालयले टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादामाला प्रयोग नगर्न पनि आग्रह गरेको छ। हवाई यात्रुले खादामालासँगै लैजाने हो भने आफ्नो झोलाभित्र राखेर लैजान सक्ने पनि कार्यालयले जनाएको छ। खादामाला एक्स-रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भिर क्षति पुर्‍याएको दाबी कार्यालयको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2024
Website | + posts