खुल्ला लोक नृत्य संग्रामको तयारी पूरा

२५ वटा भन्दा बढि विद्यालयबाट ५० जना भन्दा बढिको सहभागीता रहने

खुल्ला लोक नृत्य संग्रामको तयारी पूरा : Icon Khabar

भक्तपुर, भदौ २७ । भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले आयोजना गरेको लोक नृत्य संग्रामको तयारी पूरा भएको छ ।

संग्राममा सहभागी हुनेहरूको २५ वटा भन्दा बढि विद्यालयबाट ५० जना भन्दा धेरै रहेको आयोजक विद्यालयले जनाएको छ । राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारेर मौलिक कला संस्कृतिको संरक्षण र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने र लोकनृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसाथ गराउने उद्देश्य रहेको सो संग्राम भदौ २८ गते शुक्रबार हुँदैछ।

संग्राममा सहभागी हुने प्रतियोगीहरुले कुनै पनि लोकभाका र गीतमा एकल लोक नृत्य प्रस्तुत गर्ने पर्ने नियम रहेको छ। प्रतियोगीहरुले पूर्ण रूपमा लोकभाकामा सांस्कृतिक भेषभुषामा लोकनृत्य मात्र गर्नुपर्ने छ भने आधुनिक नृत्य गर्न नपाइने गरि संग्रामको तयारी गरिएको छ।

संग्राममा कुनै पनि विद्यालयबाट कक्षा १०सम्म अध्ययनरत नृत्यप्रेमी छात्रछात्राहरूका लागि खुला गरिएको र यसले प्रतिभाशाली नृत्य कलाकारहरूलाई आफ्नो कलाकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।

दुई चरणमा हुने सो प्रतियोगिताको प्रथम चरणमा सहभागीहरुलाई आआफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिइनेछ र त्यसबाट छनौट भएका प्रतियोगीहरुलाई मात्रै संग्रामकाे अर्को चरणमा समावेश गराइने छ ।

दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आआफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने हुन्छ । विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र गिफ्ट हाय्म्परको व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक छात्रछात्राहरूले विद्यालयको आफ्नो परिचयपत्र र विद्यालयको आधिकारीक चिठी सहित प्रति व्यक्ति रू ५०० दर्ता शुल्क तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2024
Website | + posts