खुल्ला लोक नृत्य संग्रामको तयारी पूरा

२५ वटा भन्दा बढि विद्यालयबाट ५० जना भन्दा बढिको सहभागीता रहने

खुल्ला लोक नृत्य संग्रामको तयारी पूरा : Icon Khabar

भक्तपुर, भदौ २७ । भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले आयोजना गरेको लोक नृत्य संग्रामको तयारी पूरा भएको छ ।

संग्राममा सहभागी हुनेहरूको २५ वटा भन्दा बढि विद्यालयबाट ५० जना भन्दा धेरै रहेको आयोजक विद्यालयले जनाएको छ । राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारेर मौलिक कला संस्कृतिको संरक्षण र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने र लोकनृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसाथ गराउने उद्देश्य रहेको सो संग्राम भदौ २८ गते शुक्रबार हुँदैछ।

संग्राममा सहभागी हुने प्रतियोगीहरुले कुनै पनि लोकभाका र गीतमा एकल लोक नृत्य प्रस्तुत गर्ने पर्ने नियम रहेको छ। प्रतियोगीहरुले पूर्ण रूपमा लोकभाकामा सांस्कृतिक भेषभुषामा लोकनृत्य मात्र गर्नुपर्ने छ भने आधुनिक नृत्य गर्न नपाइने गरि संग्रामको तयारी गरिएको छ।

संग्राममा कुनै पनि विद्यालयबाट कक्षा १०सम्म अध्ययनरत नृत्यप्रेमी छात्रछात्राहरूका लागि खुला गरिएको र यसले प्रतिभाशाली नृत्य कलाकारहरूलाई आफ्नो कलाकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।

दुई चरणमा हुने सो प्रतियोगिताको प्रथम चरणमा सहभागीहरुलाई आआफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिइनेछ र त्यसबाट छनौट भएका प्रतियोगीहरुलाई मात्रै संग्रामकाे अर्को चरणमा समावेश गराइने छ ।

दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आआफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने हुन्छ । विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र गिफ्ट हाय्म्परको व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक छात्रछात्राहरूले विद्यालयको आफ्नो परिचयपत्र र विद्यालयको आधिकारीक चिठी सहित प्रति व्यक्ति रू ५०० दर्ता शुल्क तोकिएको थियो ।

Published Date: 12 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु