बिहीबार नेप्से परिसूचक ७८.३१ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ७८.३१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ २७ । बिहिबार नेप्से परिसूचक ३ प्रतिशत बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ७८.३१ अंक बढेर २६८८.५३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १३.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८३ अंक बढेको छ।

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१८ स्टकको १ लाख ३ हजार ४६२ पटकको कारोबारमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ९४ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज हिमालयन रि इन्स्योरेन्सको करिब साढे २४ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत बढेको छ। त्यस्तै, आज वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसुचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसुचक २ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०९ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2024
Website | + posts