मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ २५ । मंगलबार नेप्से परिसूचक १३.०९ विन्दुले घटेर २६३२.९४ अंकमा आएर अडिएको छ ।

आज ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहको स्थिर रहँदा व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । पछिल्लो ५ कारोबार दिनमा सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ।

आज ३२८ स्टकको ९३ हजार ४५९ पटकको कारोबारमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2024
Website | + posts