यो वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा २३ हजार खसी–बोका तथा च्याङ्ग्रा खपत हुने

यो वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा २३ हजार खसी–बोका तथा च्याङ्ग्रा खपत हुने : Icon Khabar

काठमाडौं, भदौ २४ । यो वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा २३ हजारको सङ्ख्यामा खसी–बोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ । सरकारी निकाय तथा निजी व्यवसायीले यही संख्यामा दशैँका लागि खसी–बोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् ।

दशैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसी–बोका, च्याङ्ग्रा खरिद गर्ने तयारी थालेका हुन् । असोज १७ गते बिहीवार घटस्थापनाको दिनदेखि उपत्यकामा ठूलो सङ्ख्यामा खसी–बोका भित्रिन्छन् । व्यवसायीले गाउँ–गाउँसम्म पुगेर खरिद गरेका खसी–बोका काठमाडौं ल्याएर बिक्री गर्छन् ।

काठमाडौं चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपटकको दशैँमा २२ देखि २३ हजारको सङ्ख्यामा खसी–बोका खपत हुने अनुमान गरिएको जानकारी दिएका छन् । आर्थिक शिथिलताका कारण उपभोक्ताको आम्दानी कम हुँदा बजारमा खसी–बोकाको माग धेरै नहुन सक्ने उनको अनमान छ । उनी अघिल्लो वर्षकै हाराहारीमा खसी–बोका खपत हुनेसमेत अनुमान गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2024
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित