यो वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा २३ हजार खसी–बोका तथा च्याङ्ग्रा खपत हुने

यो वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा २३ हजार खसी–बोका तथा च्याङ्ग्रा खपत हुने : Icon Khabar

काठमाडौं, भदौ २४ । यो वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा २३ हजारको सङ्ख्यामा खसी–बोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ । सरकारी निकाय तथा निजी व्यवसायीले यही संख्यामा दशैँका लागि खसी–बोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् ।

दशैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसी–बोका, च्याङ्ग्रा खरिद गर्ने तयारी थालेका हुन् । असोज १७ गते बिहीवार घटस्थापनाको दिनदेखि उपत्यकामा ठूलो सङ्ख्यामा खसी–बोका भित्रिन्छन् । व्यवसायीले गाउँ–गाउँसम्म पुगेर खरिद गरेका खसी–बोका काठमाडौं ल्याएर बिक्री गर्छन् ।

काठमाडौं चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपटकको दशैँमा २२ देखि २३ हजारको सङ्ख्यामा खसी–बोका खपत हुने अनुमान गरिएको जानकारी दिएका छन् । आर्थिक शिथिलताका कारण उपभोक्ताको आम्दानी कम हुँदा बजारमा खसी–बोकाको माग धेरै नहुन सक्ने उनको अनमान छ । उनी अघिल्लो वर्षकै हाराहारीमा खसी–बोका खपत हुनेसमेत अनुमान गर्छन् ।

Published Date: 10 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु