भियतनाममा शक्तिशाली आँधीका कारण ६५ जनाको मृत्यु

भियतनाममा शक्तिशाली आँधीका कारण ६५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, भदौ २५ । भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ।

विपद व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ। यसमा परी ७५२ जना घाइते छन्।

आँधीपछि उत्तरी भियतनाममा पर्ने राजधानी हानोईसहित विभिन्न ठाउँमा थप बाढी समेत आउने भन्दै निकायले मंगलबार सूचना जारी गरेको हो।

उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ। धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद व्यवस्थापन निकायले जनाएको छ।

४ हजार ६०० भन्दा बढी सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्। लाओ काइ प्रान्तमा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।

फु-थो प्रान्तमा रहेको फोङ चाउ ब्रिज एक्कासि भत्किँदा गुडिरहेका गाडीहरू नदीमा खसेको भिडिओ पनि सार्वजनिक भएका छन्। पुल भत्किँदा १० वटा कार र दुई वटा स्कुटर नदीमा खसेका छन्।

यो आँधी ३० वर्ष यताकै शक्तिशाली भएको बताइएको छ। आँधी, बाढी र पहिरोले भवनहरू भत्किएका छन् भने सडकहरू र बिजुली समेत अवरूद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2024
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण