भियतनाममा शक्तिशाली आँधीका कारण ६५ जनाको मृत्यु

भियतनाममा शक्तिशाली आँधीका कारण ६५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, भदौ २५ । भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ।

विपद व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ। यसमा परी ७५२ जना घाइते छन्।

आँधीपछि उत्तरी भियतनाममा पर्ने राजधानी हानोईसहित विभिन्न ठाउँमा थप बाढी समेत आउने भन्दै निकायले मंगलबार सूचना जारी गरेको हो।

उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ। धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद व्यवस्थापन निकायले जनाएको छ।

४ हजार ६०० भन्दा बढी सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्। लाओ काइ प्रान्तमा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।

फु-थो प्रान्तमा रहेको फोङ चाउ ब्रिज एक्कासि भत्किँदा गुडिरहेका गाडीहरू नदीमा खसेको भिडिओ पनि सार्वजनिक भएका छन्। पुल भत्किँदा १० वटा कार र दुई वटा स्कुटर नदीमा खसेका छन्।

यो आँधी ३० वर्ष यताकै शक्तिशाली भएको बताइएको छ। आँधी, बाढी र पहिरोले भवनहरू भत्किएका छन् भने सडकहरू र बिजुली समेत अवरूद्ध छन्।

Published Date: 10 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली