पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा

पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा : Icon Khabar

रसुवा, भदौ २३ । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारी साधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार वर्षाका कारण पहिरोसँगै बगेको ढुङ्गा सडक सतहमा थुप्रिएपछि सडक अवरुद्ध भएको थियो । नुवाकोटदेखि स्काभेटरसहितको ‘ब्रेकर’ झिकाई ढुङ्गा फुटालेर सडक सफा गरी पूर्णरुपमा सवारी आवागमन सञ्चालन गरिएको छ ।

सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलास तथा रसुवाको गोसाइँकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका लागि ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो स्थलमा शनिबार दिनभर सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरो स्थलमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेको थियो । – रासस

Published Date: 08 September 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड