पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा

पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा : Icon Khabar

रसुवा, भदौ २३ । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारी साधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार वर्षाका कारण पहिरोसँगै बगेको ढुङ्गा सडक सतहमा थुप्रिएपछि सडक अवरुद्ध भएको थियो । नुवाकोटदेखि स्काभेटरसहितको ‘ब्रेकर’ झिकाई ढुङ्गा फुटालेर सडक सफा गरी पूर्णरुपमा सवारी आवागमन सञ्चालन गरिएको छ ।

सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलास तथा रसुवाको गोसाइँकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका लागि ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो स्थलमा शनिबार दिनभर सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरो स्थलमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेको थियो । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने