सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, भदौ १८ । सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक मङ्गलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेद २०८१’ र ‘सार्वजनिक सेवा प्रशासन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन्।

त्यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गर्नेछन्।

त्यस्तै, खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ म्न्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आव २०७९/०८० को चौथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश gane पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

Published Date: 03 September 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न