नेपाली क्रिकेट टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै : Icon Khabar

काठमाडौं , १८ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का भ्रमणमा छ । नेपालको टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेलहरू खेल्ने छ ।

एकदमै महत्त्वपूर्ण मानिएको खेलको अभ्यास खेल आज देखि सुरु हुने भएको छ। नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान करिब सवा १० बजेदेखि सुरु हुनेछ ।

दोस्रो खेल भोलि हुनेछ भने तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ। यसअघि, दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबारमा हुने तय गरिएको थियो ।तर नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलतालिका परिवर्तन भएको सोमबार नयाँ तालिका सार्वजनिक गरेका थिए।

श्रीलङ्काको भ्रमण सकिएपछि नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा पनि सहभागी हुनेछ र यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडाको श्रृङ्खला समाप्त भएपछि नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय श्रृङ्खला खेल्ने भएको छ । यस श्रृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म नेपालले चार खेल खेलिसकेको छ। जसमा नेपाल दुई अंकसहित सातौँ स्थानमा छ । यस प्रतियोगितामा नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

Published Date: 03 September 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड