प्रमुख प्रतिपक्ष दल भनेर निर्णय गर्ने जिम्मा सभामुखको मात्रै हो: सांसद प्रेम सुवाल

प्रमुख प्रतिपक्ष दल भनेर निर्णय गर्ने जिम्मा सभामुखको मात्रै हो: सांसद प्रेम सुवाल : Icon Khabar

काठमाडौँ, माघ २२ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली कांग्रेस संसदीय दलको कार्यालयबाट लेखेको पत्रमा पार्टी स्वयंले आफुलाई प्रमुख प्रतिपक्ष दल लेखेकोमा आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै संसाद सुवालले प्रमुख प्रतिपक्ष दल भनेर तोक्ने जिम्मा सभामुखको मात्रै हुने भएकोले यसरि ऎन विपरित पत्र लेख्ने सबैलाई छानबिन गरि कारवाही गर्न माग समेत गरेका थिए।

सो बैठकमा संसाद सुवालले भारतबाट सरकारले महंगोमा बिजुली किनिरहेको प्रति जनताको आपत्ति रहेको कुरा ब्यक्त गरे। नेपालले भारतलाई बिजुली ९ रुपैयामा बेच्ने र भारतबाट नेपालले सोहि बिजुली किन्दा १९ रुपैया किन लागिरहेको छ भनेर सरकरालाई प्रश्न पनि गरेका थिए।

Published Date: 05 February 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग