साविक विजेता एपिएफ र न्यु डायमन्ड फाईनलमा

साविक विजेता एपिएफ र न्यु डायमन्ड फाईनलमा : Icon Khabar

काठमाडौं, माघ २२ । साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेका छन् । ४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्त पक्का गरेका हुन् ।

शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा साविक विजेता एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–२१, २५–१५ को सहज जित हात पार्यो । पहिलो दिनको खेलमा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाइ ३–० ले पराजित गर्दै ३ अंक बटुलेको एपिएफले ६ अंक बनाउन सफल भयो । एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजारका साथै ट्रफी प्राप्त गरिन् ।

यस्तै दोश्रो खेलमा पहिलो दिन आर्मीलाई पराजित गर्दै ३ अंक जोडेको न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै ६ अंकका साथ फाईनल प्रवेश गरेको हो । अव उपाधीका लागि डायमन्डले साविक विजेता एपिएफको सामना गर्ने छ । पहिलो सेट २२–२५ ले पुलिसलाई सुम्पेको डायमन्ड बाँकी तीन सेट २५–१५, २५–२२ र २५–१९ ले जित्दै फाईनल यात्रा तय गरेको हो । न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।

राउण्ड रोविन लिगको अन्तिम खेल भोलीे एपिएफ र न्यु डायमन्डविच पहिलो खेल १ बजे र दोश्रो खेल आर्मी र पुलिस विच ३ः३० बजे हुनेछ ।

Published Date: 05 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर