आफुलाई चितवन–२ बाट निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ पुगे निर्वाचन आयोग

आफुलाई चितवन–२ बाट निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ पुगे निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, माघ २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवन क्षेत्र नं २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ४९ हजार २६४ मत ल्याएर विजयी भए भने श्रेष्ठ १४ हजार ९८३ मत ल्याएर दोस्रो स्थानमा रहे । गत वर्षको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा नेपाली नागरिकता नभएको भन्दै सर्वोच्च अदालतले चितवन–२ बाट लामिछानेको उम्मेदवारी खारेज गरेको थियो ।

लामिछानेको नागरिकताबारे गुनासो आए पनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफूमाथि अन्याय भएको श्रेष्ठको दाबी छ ।

Published Date: 05 February 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग