तिज मनाउने क्रममा अनावश्यक तडकभडक कार्यक्रम गरे कारबाही हुन्छ: काठमाडौँ प्रशासन

तिज मनाउने क्रममा अनावश्यक तडकभडक कार्यक्रम गरे कारबाही हुन्छ: काठमाडौँ प्रशासन : Icon Khabar

काठमाडौँ, भदौ १३ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको भन्दै सचेत गराएको छ ।

प्रशासनले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण पनि गराएको छ ।

आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रमहरू सञ्चालन नगर्न नगराउनु अनुरोध गर्दै अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट प्रशासनले सहयोगको अपेक्षा गरेको छ ।

‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरूको आयोजना गरे/ गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने