हैजा संक्रमितको संख्या बढ्दै, अहिलेसम्म ६८ जनामा पुष्टि

हैजा संक्रमितको संख्या बढ्दै, अहिलेसम्म ६८ जनामा पुष्टि : Icon Khabar

काठमाडौँ, भदौ १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पानीजन्य रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकाल्दै गर्मी तथा वर्षयामसँगै फैलिने झाडापखाला जस्ता पानीजन्य रोगहरुबाट बच्न पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गर्नुका साथै काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेर मात्र खाना सुझाव दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार, ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६८ जनामा हैजा पुष्टि भएको छ ।

सबैभन्दा बढि हैजा पुष्टि ललितपुरमा भएको छ । ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा ८, प्युठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ ।

डा. पुनका अनुसार चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशी (विशेषगरी खुट्टाको) बाउँडिनु हैजाका मुख्य लक्षण हुन् ।

सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गड्ने, छाला चिसोे हुने, हातगोडा बाउँडिने, जलवियोजन भएर मानिसको मृत्युसमेत हुने डा.पुनको भनाइ छ ।

Published Date: 29 August 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १५ गते मंगलबार
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घट्यो
स्वस्तिमा खड्काको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा