हैजा संक्रमितको संख्या बढ्दै, अहिलेसम्म ६८ जनामा पुष्टि

हैजा संक्रमितको संख्या बढ्दै, अहिलेसम्म ६८ जनामा पुष्टि : Icon Khabar

काठमाडौँ, भदौ १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पानीजन्य रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकाल्दै गर्मी तथा वर्षयामसँगै फैलिने झाडापखाला जस्ता पानीजन्य रोगहरुबाट बच्न पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गर्नुका साथै काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेर मात्र खाना सुझाव दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार, ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६८ जनामा हैजा पुष्टि भएको छ ।

सबैभन्दा बढि हैजा पुष्टि ललितपुरमा भएको छ । ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा ८, प्युठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ ।

डा. पुनका अनुसार चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशी (विशेषगरी खुट्टाको) बाउँडिनु हैजाका मुख्य लक्षण हुन् ।

सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गड्ने, छाला चिसोे हुने, हातगोडा बाउँडिने, जलवियोजन भएर मानिसको मृत्युसमेत हुने डा.पुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने