बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, भदौ १३ । बिहीबार नेप्से परिसूचक ३६.८३ अंक घटेर २७४९.५७ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२२ स्टकको १ लाख ४५ हजार ९२१ पटकको कारोबारमा १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज ३७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज अपि पावरको साढे ३६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३५ करोड बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, आज लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2024
Website | + posts


ताजा
साँगाको झोलुगें पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते
लोकेश्वर साकोसमा छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न
आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो
बजारमा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै
ट्रेन्डिङ
आज तःदिन अर्थात वर्षको ठूलो दिन, भक्तपुरका स्थानियले दुगुपूजा मनाउँदै
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने