बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, भदौ १३ । बिहीबार नेप्से परिसूचक ३६.८३ अंक घटेर २७४९.५७ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२२ स्टकको १ लाख ४५ हजार ९२१ पटकको कारोबारमा १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज ३७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज अपि पावरको साढे ३६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३५ करोड बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, आज लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 29 August 2024