बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिंग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै

बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिंग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै : Icon Khabar

काठमाडौँ, भदौ १२ । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार बैंकिंग प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तीन साताको लागि ४० अर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले भदौ १२ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।

Published Date: 28 August 2024
ताजा
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब ६० प्रतिशत
तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना




ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य