तनहुँ बस दुर्घटना: भारतीय एयरफोर्सको जहाजले भारतमा लग्यो २५ जनाको शव

तनहुँ बस दुर्घटना: भारतीय एयरफोर्सको जहाजले भारतमा लग्यो २५ जनाको शव : Icon Khabar

चितवन, भदौ ८ । तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय एयर फोर्सको जहाजबाट मुम्बई लगिएको छ । शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट २५ जनाको शव लिएर भारतीय एयरफोर्सको जहाज उडेको हो ।

एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि रहेकी छन् । दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

राज्यमन्त्री खड्से दुर्घटनामा परेका घाइतेको अवस्था बुझ्न र शव लिन शनिबारै काठमाडौँ आएकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमन्त्री खड्सेलाई काठमाडौँ पठाएका थिए ।

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने