तनहुँ बस दुर्घटना: भारतीय एयरफोर्सको जहाजले भारतमा लग्यो २५ जनाको शव

तनहुँ बस दुर्घटना: भारतीय एयरफोर्सको जहाजले भारतमा लग्यो २५ जनाको शव : Icon Khabar

चितवन, भदौ ८ । तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय एयर फोर्सको जहाजबाट मुम्बई लगिएको छ । शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट २५ जनाको शव लिएर भारतीय एयरफोर्सको जहाज उडेको हो ।

एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि रहेकी छन् । दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

राज्यमन्त्री खड्से दुर्घटनामा परेका घाइतेको अवस्था बुझ्न र शव लिन शनिबारै काठमाडौँ आएकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमन्त्री खड्सेलाई काठमाडौँ पठाएका थिए ।

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

Published Date: 24 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड