सहकारी सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई सोधपुछ गर्दै

सहकारी सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई सोधपुछ गर्दै : Icon Khabar

काठमाडौँ, भदौ ७ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछ गर्दै छ।

रास्वपा सभापति लामिछानेलाई सोधपुछका लागि समितिले शुक्रबार २ बजे बोलाएको छ।

सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।

समितिको ४२ औं बैठकमा गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ गरेको थियो।

बिहीबार नै तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ् कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेलसँग पनि सोधपुछ गरिएको थापाले जानकारी दिए।

Published Date: 23 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै