नेपालमा टिकटकमाथिको प्रतिबन्ध हट्न लागेको हो ?

नेपालमा टिकटकमाथिको प्रतिबन्ध हट्न लागेको हो ? : Icon Khabar

काठमाडौं, भदौ ५ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिवद्धतासहित टिकटकले पत्राचार गरेपछि सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो । यता, प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक रहेका छन् ।

सरकारले बनाएको मापदण्डहरु मान्न तयार भइसकेको टिकटकलाई प्रतिबन्ध लगाइराख्नु नपर्ने मत प्रधानमन्त्रीको छ । टिकटकले नेपालको हरेक कानुनी प्रावधान आफूहरुका लागि स्वीकार्य रहेको ब्यहोराको पत्र पठाएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलले प्रधामनन्त्रीसँग पनि छलफल गरेका थिए ।

यसअघि २०८० कात्तिक २७ मा पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु