नेपालमा टिकटकमाथिको प्रतिबन्ध हट्न लागेको हो ?

नेपालमा टिकटकमाथिको प्रतिबन्ध हट्न लागेको हो ? : Icon Khabar

काठमाडौं, भदौ ५ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिवद्धतासहित टिकटकले पत्राचार गरेपछि सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो । यता, प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक रहेका छन् ।

सरकारले बनाएको मापदण्डहरु मान्न तयार भइसकेको टिकटकलाई प्रतिबन्ध लगाइराख्नु नपर्ने मत प्रधानमन्त्रीको छ । टिकटकले नेपालको हरेक कानुनी प्रावधान आफूहरुका लागि स्वीकार्य रहेको ब्यहोराको पत्र पठाएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलले प्रधामनन्त्रीसँग पनि छलफल गरेका थिए ।

यसअघि २०८० कात्तिक २७ मा पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Published Date: 21 August 2024


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली