आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम

आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, भदौ ५ । सुनको भाउले आज (भदौ ५ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यसअघि भदौ २ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान गरीएको छ ।

यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2024
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?