आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम

आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, भदौ ५ । सुनको भाउले आज (भदौ ५ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यसअघि भदौ २ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान गरीएको छ ।

यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ रहेको थियो ।

Published Date: 21 August 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर