बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै

बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, भदौ ५ । सङ्घीय सांसदअन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० मा बस्दै छ भने बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो १ः३० बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ः४५ बजे बस्दै छ । बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2024
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित