ईसेवा मनी ट्रान्सफरद्वारा “रेमिट पर्व” सार्वजनिक

ईसेवा मनी ट्रान्सफरद्वारा “रेमिट पर्व” सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन ३० । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको छ।

“रेमिट पर्व” योजना श्रावण ३०, २०८१ देखि एक महिनासम्म सञ्चालन हुनेछ, जस अन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई रु २५,००० प्रदान गरिनेछ। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रति कारोबार न्यूनतम रु १०,००० बराबरको रेमिट पठाउनु पर्नेछ ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत–अजेश कोईरालाले भन्नुभयो “रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौं, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।”

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

रेमिट पर्व” अभियानका बारेमा थप जानकारीका लागि:
https://esewamoneytransfer.com/campaigns/Remit-Parba

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित