थाइल्याण्डका प्रधानमन्त्री थाविसिन बर्खास्त

थाइल्याण्डका प्रधानमन्त्री थाविसिन बर्खास्त : Icon Khabar

काठमाडौँ, साउन ३० । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थाविसिनलाई बर्खास्त गरेको छ । जेल सजाय भुक्तान गरेका एक पूर्व वकिललाई मन्त्रिपरिषदमा सहभागी गराएको आरोपमा संवैधानिक अदालतले थाविसिनलाई बर्खास्त गरेको हो ।

संवैधानिक अदालतले थाविसिनले नैतिक आचरण उल्लंघन गरेको र अवज्ञाकारी व्यवहार गरेको बताएको छ ।६७ वर्षीया स्रेथा थाविसिन एक वर्षभन्दा कम समय प्रधानमन्त्री रहे । थाविसिन विगत १६ वर्षमा देशको संवैधानिक अदालतले पदबाट हटाइएका तेस्रो थाई प्रधानमन्त्री हुन् ।

थाविसिनको स्थानमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरिनेछ । त्यसपछि नयाँ प्रधानमन्त्री चयनका लागि संसद्को बैठक बोलाइनेछ । अदालतको फैसलापछि थाविसिनले भने, ‘मलाई आफ्नो इमान्दारीमा पूर्ण विश्वास छ । मलाई माफ गर्नुहोस्, तर अदालतको निर्णयसँग असहमत छु मैले भनेको होइन ।’ अदालतको यो निर्णयले थाइल्याण्डमा राजनीतिक अनिश्चितता बढाएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला