थाइल्याण्डका प्रधानमन्त्री थाविसिन बर्खास्त

थाइल्याण्डका प्रधानमन्त्री थाविसिन बर्खास्त : Icon Khabar

काठमाडौँ, साउन ३० । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थाविसिनलाई बर्खास्त गरेको छ । जेल सजाय भुक्तान गरेका एक पूर्व वकिललाई मन्त्रिपरिषदमा सहभागी गराएको आरोपमा संवैधानिक अदालतले थाविसिनलाई बर्खास्त गरेको हो ।

संवैधानिक अदालतले थाविसिनले नैतिक आचरण उल्लंघन गरेको र अवज्ञाकारी व्यवहार गरेको बताएको छ ।६७ वर्षीया स्रेथा थाविसिन एक वर्षभन्दा कम समय प्रधानमन्त्री रहे । थाविसिन विगत १६ वर्षमा देशको संवैधानिक अदालतले पदबाट हटाइएका तेस्रो थाई प्रधानमन्त्री हुन् ।

थाविसिनको स्थानमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरिनेछ । त्यसपछि नयाँ प्रधानमन्त्री चयनका लागि संसद्को बैठक बोलाइनेछ । अदालतको फैसलापछि थाविसिनले भने, ‘मलाई आफ्नो इमान्दारीमा पूर्ण विश्वास छ । मलाई माफ गर्नुहोस्, तर अदालतको निर्णयसँग असहमत छु मैले भनेको होइन ।’ अदालतको यो निर्णयले थाइल्याण्डमा राजनीतिक अनिश्चितता बढाएको छ । बीबीसी

Published Date: 14 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै