प्रधानमन्त्री ओली र कतारका राजदूत मिसल मोहम्मदबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कतारका राजदूत मिसल मोहम्मदबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, साउन ३० । कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ ।

नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका राजाका तर्फबाट निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्दै निमन्त्रणा दिएको हो । एसीडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् ।

उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो ।

प्रधानमन्त्री ओली र कतारी राजदूत अन्सारीबीच भएको भेटमा अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो ।

Published Date: 14 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै