सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना

सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौँ, साउन ३० । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना रहेको बताएको छ।

जिल्लाको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्दे, गोबरे वर्षामापन केन्द्रहरूमा सामान्य–मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पछिल्लो चौबीस घन्टामा उत्तरी सिन्धुपाल्चोकको मेलम्ची घ्याङ क्षेत्रमा ४६.८, ढुंगेमा ५१.२, मानेखर्कमा ५३.४, गोबरेमा ४४.८ मिलिमिटर वर्षा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2024
Website | + posts