मुग्लिन–पोखरा सडक: एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

मुग्लिन–पोखरा सडक: एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र : Icon Khabar

दमौली, साउन २७ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रुपमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको हो ।

पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म एकतर्फि रुपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको जानकारी दिए ।

वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । उनले भने, “अन्य काम भइरहे पनि वर्षाका कारण हाल कालोपत्र गरेका छैनौँ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।”

पूर्वीखण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

पाण्डेकानुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८०-८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इञ्जिनियरिङको काम गरिएको छ । उक्त अवधिमा केही घरटहरा हटाउन ढिलाइ हुँदा र पहिराजन्य समस्या काममा अवरोध पुगेको आयोजनाले जनाएको छ ।

गत आवमा आयोजनाका लागि पुँजीगततर्फ दुई अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन भएकामा दुई अर्ब १४ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । यस खण्डको गत वैशाख २ गते म्याद सकिएपछि पुनः एक सय ५५ दिन थप गरिएको छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । यहाँ चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेन सडक विस्तारको काम सुरु भएको हो । पूर्वीखण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।- रासस

Published Date: 12 August 2024
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक