पवित्र तीर्थ गोसाईंकुण्डमा भक्तजन आउन सुरू

पवित्र तीर्थ गोसाईंकुण्डमा भक्तजन आउन सुरू : Icon Khabar
तस्बिर: अनिश श्रेष्ठ

रसुवा, साउन २६ । रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाईंकुण्डमा यस वर्ष भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् ।

भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाईंकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा सो कुण्ड रहेको छ।

गोसाईंकुण्डका लागि घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको छ।

कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, नीलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहेको छ।

काठमाडौँबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न सुविधा छ।

Published Date: 10 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड