पवित्र तीर्थ गोसाईंकुण्डमा भक्तजन आउन सुरू

पवित्र तीर्थ गोसाईंकुण्डमा भक्तजन आउन सुरू : Icon Khabar
तस्बिर: अनिश श्रेष्ठ

रसुवा, साउन २६ । रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाईंकुण्डमा यस वर्ष भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् ।

भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाईंकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा सो कुण्ड रहेको छ।

गोसाईंकुण्डका लागि घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको छ।

कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, नीलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहेको छ।

काठमाडौँबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न सुविधा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 August 2024
Website | + posts