भक्तपुरमा राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

भक्तपुरमा राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २६ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति सम्बन्धी प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

संघको सभाहलमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले मौद्रिक नीतिले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लिएको लक्ष्य सकारात्मक रहेको बताइन् । निर्माण व्यवसायमा आएको सिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाका लागि मौद्रिक नीतिमा सकारात्मक व्यवस्था गरिएकोमा खुसी व्यक्त गरिन् ।

बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु, बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणको लागि सहजीकरण गर्नु मौद्रिक नीतिको राम्रो पक्ष रहेको उनको भनाइ छ । संस्थागत शेयर कारोवारलाई प्रोत्साहन गर्न हाल कायम २० करोड रुपैयाँको कर्जा सीमा हटाउने पक्ष पनि सकारात्मक नै रहेको उनले बताइन् ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईं, महासचिव नविन प्रजापति, नबिन बैंकका एसएमई चिफ अमित श्रेष्ठलगायतले मौद्रिक नीतिका सकारात्मक पक्षका बारेमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक श्री नन्दकुमार ढकालले प्रस्तुतीकरण गरेका थिए ।

उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिका विषयवस्तु, कार्यदिशा, लक्ष्य, मौद्रिक उपायहरु, आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय क्षेत्र नीतिका वस्तुस्थिति, नियमन तथा सुपरीवेक्षण, आर्थिक वर्ष २०८१÷०८२ को विदेशी विनिमय व्यवस्थापन नीतिको वस्तुस्थिति, नीतिगत व्यवस्थाहरु लगायतका विषयमा जानकारी गराएका थिए ।

Published Date: 10 August 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु