भक्तपुरमा राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

भक्तपुरमा राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २६ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति सम्बन्धी प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

संघको सभाहलमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले मौद्रिक नीतिले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लिएको लक्ष्य सकारात्मक रहेको बताइन् । निर्माण व्यवसायमा आएको सिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाका लागि मौद्रिक नीतिमा सकारात्मक व्यवस्था गरिएकोमा खुसी व्यक्त गरिन् ।

बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु, बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणको लागि सहजीकरण गर्नु मौद्रिक नीतिको राम्रो पक्ष रहेको उनको भनाइ छ । संस्थागत शेयर कारोवारलाई प्रोत्साहन गर्न हाल कायम २० करोड रुपैयाँको कर्जा सीमा हटाउने पक्ष पनि सकारात्मक नै रहेको उनले बताइन् ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईं, महासचिव नविन प्रजापति, नबिन बैंकका एसएमई चिफ अमित श्रेष्ठलगायतले मौद्रिक नीतिका सकारात्मक पक्षका बारेमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक श्री नन्दकुमार ढकालले प्रस्तुतीकरण गरेका थिए ।

उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिका विषयवस्तु, कार्यदिशा, लक्ष्य, मौद्रिक उपायहरु, आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय क्षेत्र नीतिका वस्तुस्थिति, नियमन तथा सुपरीवेक्षण, आर्थिक वर्ष २०८१÷०८२ को विदेशी विनिमय व्यवस्थापन नीतिको वस्तुस्थिति, नीतिगत व्यवस्थाहरु लगायतका विषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 August 2024
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित