भक्तपुरमा लघु , घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भक्तपुरमा लघु , घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २५ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा सिद्धार्थ बैकको सहकार्यमा लघु ,घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो।

भक्तपुरमा रहेका लघु ,घरेलु तथा साना उद्यमी व्यवसायीहरुलाई लक्षित गरी संचालन गरेको सो कार्यक्रममा तालिम प्रदायिक संस्था उपाए विजनेश सोलुशनबाट ईन्दिर पाठकबाट उद्योग व्यवशाय दर्ता गर्ने प्रक्रिया, सत्रुधन सिंहबाट पान तथा भ्याट सम्बन्धि जानकारी र पान तथा भ्याटमा दर्ता गर्नेपर्ने तथा नपर्ने व्यवसाय र दर्ता गर्दा पाउने सेवा सुविधाको जानकारी साथै आर्थिक ऐनले दिएका सुविधाहरु बारे चर्चा भएको थियो।
कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले स साना व्यवसायीहरु बैंकको झन्झटिलो प्रक्रियाका कारण महँगो ब्याजदरमा भएपनि सहकारीमा ऋण लिन बाध्य भएको कारण सिद्धार्थ बैंकमा साना उद्यमी व्यवसायीहरुलाई ऋणको लागि बैंकसम्म आउने सहज वातावरण श्रृजना गरिदिने अपेक्षा राखे ।

साथै उनले सहकारी तथा बैंकमा पनि व्यक्तिगत रुपमा ऋण लिंदा नेपाल सरकारले प्रदान गरीने पुनरउत्थान कोष तथा हालै व्यवस्था गरेको पुनरकर्जा जस्ता सुविधा लिन नसकेको हुँदा ऋण आवश्यक भए बैंकमा व्यवसाय ऋण लिन अनुरोध गरे।

कार्यक्रममा सिद्धार्थ बैंक च्याम्हासिह शाखाका शाखा प्रमुख कल्पना प्रजापति, सुर्यविनायक शाखाका शाखा प्रमुख सुनिता भुजु तथा नयाँ ठिमी शाखा प्रमुख बन्दन त्वायना तालिम प्रदायिक संस्था उपाए विजनेश शोलुशनका सिईऔ शोभा श्रेष्ठ, संघका पुर्व अध्यक्षहरु सौन्दर्यकला व्यवसाय संघ, विभिन्न क्षेत्रका ५० जना भन्दा बढी उद्यमी व्यवसायीहरु सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2024
Website | + posts