बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २४ । बिहीबार नेप्से परिसूचक ६.७० विन्दुले बढेर २७६६.३८ अंकमा आएको छ ।

आज २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ७ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रोमा निफ्रा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2024
Website | + posts