जापानमा शक्तिशाली भूकम्प, भूकम्पको तीव्रता ७ मापन

जापानमा शक्तिशाली भूकम्प, भूकम्पको तीव्रता ७ मापन : Icon Khabar

काठमाडौं, साउन २४ । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ ।

भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो ।

बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।

Published Date: 08 August 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग