आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्यो

आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २० । अघिल्लो दिन रेकर्ड कायम गरेको सुनको भाउ आइतबार भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी (२२ क्यारेट) सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार (साउन १८ गते) छापावाल (२४ क्यारेट) सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, २२ क्यारेट सुनको भाउ तोलाको १ लाख ३७ हजार ९१० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न