आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्यो

आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २० । अघिल्लो दिन रेकर्ड कायम गरेको सुनको भाउ आइतबार भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (२४ क्यारेट) सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी (२२ क्यारेट) सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार (साउन १८ गते) छापावाल (२४ क्यारेट) सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, २२ क्यारेट सुनको भाउ तोलाको १ लाख ३७ हजार ९१० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 04 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर