मर्दी हिमालको बेस क्याम्पमा मानव अवशेष फेला

मर्दी हिमालको बेस क्याम्पमा मानव अवशेष फेला : Icon Khabar

कास्की, साउन २० । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेस क्याम्प) मा मानव अवशेष फेला परेको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा शनिबार जानकारी गराइएको बताए ।

“स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रुपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ”, वडाध्यक्ष क्षेत्रीले भने । अवशेषसँगै एउटा आइफोनसमेत भेटिएको उनले बताए ।

भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुन सक्ने आशंका गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)