काठमाडौं, साउन १६ । बुधबार नेप्से परिसूचक ६४.२५ विन्दुले बढेर २७६०.९० अंकमा आएको छ ।
आज १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ ।
आज ३३२ कम्पनीको ५ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र शिवम् सिमेन्ट्स परेका छन् ।
Published Date: 31 July 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1