एयर हाेस्टेजमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

एयर हाेस्टेजमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ : Icon Khabar

काठमाडौँ, साउन १६ । एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेपछि एक युवक पक्राउ परेका छन् । प्रहरीले श्री एयरलाइन्सकी एक एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको हाे ।

साेहि आरोपमा प्रहरीले शिवराज ओझालाई नियन्त्रणमा लिएकाे हाे । ओझा कैलालीको गोदावरी नगरपालिका–१ का हुन्।

मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेकाे विमानमा सवार यात्रुले साेहि विमानकी एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेका थिए। प्रहरीका अनुसार उनले एयरहोस्टेजलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेकाे बताइएकाे छ ।

प्रहरीले विमान धनगढीमा अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।

Published Date: 31 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु