‘नमेटिने घाउ’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री नेपालद्वारा आफ्नो भागको दृश्यको डबिङ

‘नमेटिने घाउ’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री नेपालद्वारा आफ्नो भागको दृश्यको डबिङ : Icon Khabar

काठमाडौँ, साउन १५ । अभिनेता रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । रेडियो नेपालको स्टुडियोमा पुगेर नेपालले गसै साता फिल्मको स्वरांकन गरेका हुन् ।

निर्माता समेत रहेका रमित ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले भने आगामी साता डबिङ गर्ने जानकारी दिए । ‘डबिङका लागि प्रधानमन्त्रीज्यूसँग समय मागिएको छ । सम्भवतः एक साताभित्र गर्ने तयारी छ,’ ढुंगानाले भने । यो फिल्ममा नेता नेपालले एसिड आक्रमणको घटनाविरुद्ध प्रतिबद्धता व्यक्त गर्ने नेताको भूमिकामा अभिनय गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । दुवै नेताले दुई महिनाअघि फिल्मको छायांकन गरेका थिए । पोस्ट प्रोडक्सनमा काम भइरहेको यो फिल्ममा ३३ जना एसिड आक्रमणका पीडितको कथालाई समेटिएको छ ।

वास्तविक घटनामा आधारित यो फिल्मले एसिड आक्रमणको घटनाविरुद्ध सन्देश दिने निर्देशक ढुंगानाको भनाइ छ ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।

फिल्ममा शिवम् अधिकारीको कथा छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । फिल्मको प्रदर्शन मिती यसै साता तय गरिने निर्माता, निर्देशक तथा अभिनेता ढुंगानाको भनाई छ ।

Published Date: 31 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु