भक्तपुर क्यान्सर अस्पताल कामदार वर्गको सेवामा समर्पित हुनुपर्ने : प्रमुख प्रजापति

भक्तपुर क्यान्सर अस्पताल कामदार वर्गको सेवामा समर्पित हुनुपर्ने : प्रमुख प्रजापति : Icon Khabar

भक्तपुर, माघ २१ । भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा शनिबार अस्पताल प्रांगणमा विश्व क्यान्सर दिवस २०२३ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले पानस दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रजापतिले क्यान्सर रोगको उपचार निकै खर्चिलो र यसबाट धनजनको क्षति गराउने हुँदा समयमै रोगको पहिचान गर्नु आवश्यक भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालले कामदार वर्गको सेवामा लक्षित हुनुपर्नेमा जोड दिए । नेपाल सरकारले कडा रोग लागेका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने बताउदै उनले सामुदायिक अस्पतालको सेवा राम्रो भए गरिब जनतालाई उपचार गर्न सहज हुने बताए ।

गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर क्यान्सर अस्पताल आज सरकारी अस्पतालको रुपमा सञ्चालन भएपछि सरकारी शुल्कमा क्यान्सरका विरामीले सुलभ रुपमा सेवा पाइरहेको बताउदै उनले रिफर सेन्टरको रुपमा रहेको भक्तपुर अस्पताल आज बागमती प्रदेशकै नमुना अस्पतालको रुपमा विकास हुनु र भक्तपुर क्यान्सर अस्पताल जनताको अस्पताल बन्नु गौरव गर्न लायक भएको बताए ।
भक्तपुर क्यान्सर अस्पतालका प्रा.डा. विष्णुदत्त पौडेलले क्यान्सर रोगबारे उपलब्ध सेवाहरुबारे अवगत गराउदै भक्तपुर क्यान्सर अस्पताललाई उपचारको केन्द्रको रुपमा विकास गर्न यहाँका समर्पित टीम प्रतिबद्ध भई लागिपरेको बताए ।

उक्त कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पताल विकास समितिका सदस्य गणेश दंगाल, जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र बीसीएचका कन्सल्टेन्ट डा. रोशन प्रजापति र नर्स मनिसा साखकर्मीले क्यान्सर रोग र यसबाट बच्ने उपायहरुबारे धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले जनचेतनामूलक क्यान्सरसम्बन्धी भएको टीकटक तथा मोबाइल फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा जनचेतनामूलक नृत्य र गीतिनाटक पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2023
Website | + posts