कोरा भक्तपुर २०२४ को सिंहावलोकन बैठक सम्पन्न

साइकल कनेक्ट थिमी ह्विल्स र साइकल कल्चर क्वेस्ट शुरू हुने

कोरा भक्तपुर २०२४ को सिंहावलोकन बैठक सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १४ । गत साउन ५ गते सम्पन्न भएको “कोरा भक्तपुर २०२४ – साइकलिङ च्यालेन्ज” को सिंहावोलोकन बैठक साइकल कनेक्ट भक्तपुर सचिवालयमा सम्पन्न भएको छ।

सो बैठकमा विगतका वर्ष र यस वर्षको कोरा भक्तपुरमा भएका सुधारका प्रयत्न, कार्यक्रमका सहभागीहरूबाट प्राप्त प्रतिक्रिया र सुझावहरू र आगामी संस्करणमा गर्नु पर्ने सुधारको विषयमा गहन छलफल भयो।

यस वर्ष कोरा भक्तपुर केवल एउटा साइकलिङ कार्यक्रममा मात्र सिमित नगरिकन साइकल संस्कृतिलाई व्यापक बनाउन आवश्यक सामाजिक सहकार्य तथा वैचारिक विमर्शको आयाम स्थापित गर्न गरिएको जमर्को र नयाँ पुस्तालाई पनि जोड्न गरिएका प्रयासहरूले आगामी दिनमा साइकल कनेक्ट भक्तपुरका कार्यक्रमहरूमा थप गहनता साथै सुन्दरता ल्याउन सहयोग पुग्नेमा सम्पुर्ण कमिटी सदस्यहरूको एक मत रह्यो।

कोरा भक्तपुरको मुल उदेश्य भक्तपुर जिल्लालाई राष्ट्रिय र अन्तराष्ट्रिय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने भएकोले यसै उदेश्य अनुरूप आन्तरिक क्षमता वृद्धिका कार्यक्रमहरू लगायत विभिन्न तहमा गर्नुपर्ने सहकार्यहरूको विषयमा पनि भयो।

कोरा भक्तपुरको दिन दुर्घटनामा परि घाइते भएकाहरूको सिघ्र स्वास्थ्यलाभको कामना सहित सुरक्षित साइकलिङ सम्बन्धि जनचेतना अभिवृद्धी गर्न साइकल कनेक्ट भक्तपुरबाट गरिदै आएको नियमित साइकलिङ कार्यक्रममा सुरक्षित साइकलिङका साथै साइकलको सामान्य मर्मत सम्भारको ज्ञानपनि एकिकृत गर्दै लैजाने निर्णय गरियो।

भाद्र महिना देखि साइकल कल्चर क्वेस्ट, साइकलिङ मैँचा, फ्लिपर्स अन्तर्गतका नियमित कार्यक्रम सुचारू गर्ने तथा साइकल कनेक्ट थिमी व्हिल्स स्थापना गर्ने निधो गरियो।

यस वर्ष कोरा भक्तपुरका प्रवर्धकका रूपमा “गो लोकल मेला” गरेर कार्यक्रमको शोभा बढाइदिनु हुने भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समिति तथा मैत्रीपूर्ण फुटसल खेल आयोजना गरेर सहयोग गर्ने भक्तपुर फुटबल क्लब, साइकल संस्कृति सम्बन्धी अन्तरक्रियाको लागी स्थान उपलब्ध गराइ सहयोग गर्ने बाल विकास स्कुल, कार्यक्रमका दिनमा स्वयमसेवकका रूपमा सहयोग गर्नुहुने पायोनियर ओपन क्रु, नियो फ्युजन स्काउट, रेडक्रस भक्तपुर, भक्तपुर जेसिस, भक्तपुर जुनियर जेसिस, मध्यपुर पर्यटन विकास परिषद, जेसिस ठिमी, रोटर्याक्ट मध्यपुर, शुभ दिव्यश्वरी साकोस, इन्जिनियरिङ स्टुडेन्ट्स ग्रुप अप भक्तपुर, जेसिस चांगुनारायण, प्रगति महिला समुह, लियो क्लब अफ भक्तपुर नमस्ते, लियो क्लब अप भक्तपुर सुर्यविनायक, नेपाल इन्जिनियरिङ कलेज, द नेस्ट, गोर्खा इको प्यानल, सुलभ ट्रभल्स, पेडल पार्टनर स-सु, श्रीमान श्रीमती राइडर्स, लियो क्लब अफ भक्तपुर केदारेश्वर, लियो क्लब अफ भक्तपुर रुद्राक्ष, पेदल ग्याङ, साइलिङ मैंचा, साइकल कनेक्ट जेन-जी, इश्वर साइकल, रितेश बाइक क्लिनिक, सांगाली साथी समुह, नेपाल साइकल सोसाइटी, जेरो वान स्टुडियो, फोपाल, साइकल कनेक्ट साथी समुह तथा विभिन्न स्थानका स्थानियहरू प्रति विषेश आभार व्यक्त गरियो।

साथै कार्यक्रममा आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने कोरा काठमाडौं, नेपाल इको प्यानल, टिसर्ट नेपाल, जुजु बाइक्स, शक्ति बेकरी, एक्वा ख्वप, किङ्स कफी, एक्वा सेभन, ह्यास वान एडभेन्चर, गल्ली म्याप्स, कमल विनायक पोलिक्लिनिक, जोशी स्क्रिन प्रिन्टस, एभरेस्ट इंलिस स्कुल, खोप्रिङ स्कुल, जेन्युन स्कुल, बायोब्याग्स लगायत सम्पुर्णमा धन्यवाद व्यक्त गर्ने निर्णय गरियो।

यसका साथै कार्यक्रमबारे प्रचार प्रसार गरेर व्यापक जनमानसमा पुर्याउन सहयोग गर्नु हुने भादगाँउ टेलिभिजन, आइकन खबर, भक्तपुर एफ एम लगायत सम्पुर्ण सञ्चार माध्यमलाई पनि धन्यवाद दिने निर्णय गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
2
+1
2
+1
1
Published Date: 29 July 2024
Website | + posts