प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ

प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ : Icon Khabar

काठमाडौँ, साउन ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन्।

मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सीमाभित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताए । उनले सीमाभन्दा बाहिर केही नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताए।

उनले आवश्यकभन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताए। प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने उनले बताए। मन्त्री गुरुङले प्रेस स्वतन्त्रतासँगै मर्यादित पनि हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2024
Website | + posts