ललितपुरका एक बालकमा हैजा पुष्टि

ललितपुरका एक बालकमा हैजा पुष्टि : Icon Khabar

काठमाडौँ, साउन ८ । ललितपुरका एक जना बालकमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी–१४, ठैवस्थित एक पुनर्स्थापना केन्द्रमा बसोबास गर्ने बालमा हैजा पुष्टि भएको हो । त्यही केन्द्रका अर्का एक जना झाडापखालाका बिरामी भने आइसियुमा उपचाररत छन् । उनको रिपोर्ट आउन बाँकी छ ।

अस्पतालले जनाए अनुसार उक्त ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आएकोमा एक जनामा यो पुष्टि भएको हो । अर्का एक जनाको रिपोट कल्चरको लागि दिइएको छ । डा.बसौलाका अनुसार दुई जना बिरामी सोमवार राति अस्पतालबाट भागेका छन् । सरुवा रोग अस्पतालमा अहिले झाडा पखालाका कारण हरेक दिन सरदर १० जना बिरामी उपचारका लागि पुगिरहेका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ठैबको उक्त केन्द्रमा देखिएको हैजा अन्य ठाउँमा फैलन नदिन उक्त पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताएका छन् ।

Published Date: 23 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु