ललितपुरका एक बालकमा हैजा पुष्टि

ललितपुरका एक बालकमा हैजा पुष्टि : Icon Khabar

काठमाडौँ, साउन ८ । ललितपुरका एक जना बालकमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी–१४, ठैवस्थित एक पुनर्स्थापना केन्द्रमा बसोबास गर्ने बालमा हैजा पुष्टि भएको हो । त्यही केन्द्रका अर्का एक जना झाडापखालाका बिरामी भने आइसियुमा उपचाररत छन् । उनको रिपोर्ट आउन बाँकी छ ।

अस्पतालले जनाए अनुसार उक्त ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आएकोमा एक जनामा यो पुष्टि भएको हो । अर्का एक जनाको रिपोट कल्चरको लागि दिइएको छ । डा.बसौलाका अनुसार दुई जना बिरामी सोमवार राति अस्पतालबाट भागेका छन् । सरुवा रोग अस्पतालमा अहिले झाडा पखालाका कारण हरेक दिन सरदर १० जना बिरामी उपचारका लागि पुगिरहेका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ठैबको उक्त केन्द्रमा देखिएको हैजा अन्य ठाउँमा फैलन नदिन उक्त पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2024
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता