मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ८ । मंगलबार नेप्से परिसूचक ७५.३३ विन्दुले बढेको छ । यससँगै सूचक २५६३.४३ अंकमा आएको छ ।

आज १४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

मंगलबार नेप्से सूचक सूचक २८ महिना यताकै उच्च विन्दुमा बन्द भएको छ । यसअघि २०७८ चैत १६ गते (सन् २०२२ मार्च ३०) नेप्से सूचक २५६८.२५ विन्दुमा बन्द भएको थियो ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र हिमालयन रिइन्सरेन्स परेका छन् ।

https://www.nepalipaisa.com/news-detail/71869

Published Date: 23 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड