राेटराक्ट कल्ब अफ भक्तपुरको १९औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

राेटराक्ट कल्ब अफ भक्तपुरको १९औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ७ । राेटराक्ट कल्ब अफ भक्तपुरको अध्यक्षमा प्रियंका चगुठि चयन भएकी छिन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच १९औं पद हस्तान्तरण कार्यक्रममा चगुठि अध्यक्षमा चयन भएकी हुन्।

रोटरी कल्ब अफ भक्तपुरका अध्यक्ष डा. ज्ञानेन्द्र प्रसाद धौभडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राेटराक्ट प्रतिनिधि डा. श्रेया श्रेष्ठ, जोनल राेटराक्ट प्रतिनिधि सगुन श्रेष्ठ लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।

जम्मा १८० जना को सहभागिता रहेको उक्त कार्यक्रममा नि.वर्तामान अध्यक्ष रेश्मा राईले नयाँ ध्यक्षमा प्रियंका चगुठिलाई पद हस्तान्तरण गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2024
Website | + posts