सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढ्दै, सतर्क रहन आग्रह

सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढ्दै, सतर्क रहन आग्रह : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौँ, साउन ८ । अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ।

केन्द्रकाअनुसार पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बाहुनेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ, ढुङ्गे, गोबरे, नवलपुर, दुबाचौर र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ।

ती भेगमा थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले पनि औंल्याएको छ। सो क्षेत्र भई बहने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन केन्द्रले भनेको छ।

Published Date: 23 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड