अवैध भारू २१ लाख रुपैयाँसहित तीन जना पक्राउ

अवैध भारू २१ लाख रुपैयाँसहित तीन जना पक्राउ : Icon Khabar

कपिलवस्तु, माघ १८ । कपिलवस्तुको तौलिहवाबाट २१ लाख अवैध भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा गएराति करिब नौ बजे तौलिहवाको जमुहर पुल नजिकै भारतीय नम्बर प्लेट भएको कारमा पैसासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन् ।

प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा शुद्धोदन गाउँपालिका–६ विमिहाका २६ वर्षीय राकेशकुमार वर्मा, गाडीका चालक नौगढ निवासी २८ वर्षीय हमिद मुसलमान रहेका छन् । , भारतको सिद्धार्थनगर, हाल मायादेवी गाउँपालिका–१ इमिलिया, कपिलवस्तुमा बस्छिन् ।

तौलिहवाबाट भैरहवा आउँदै गर्दा (युपी ५५ एएम ०४५९) हुण्डाई भेन्यु गाडीका चालक र अगाडिका दुई सिटबाट कुल २१ लाख ७१ हजार भारतीय रुपैयाँ बरामद गरिएको हो । सिट मुनि तीन ठाउँमा नक्कली बटम बनाएर लुकाएर रकम बरामद भएको हो ।

भारतमा सुन बेचेर उनीहरु तौलिहवातर्फ आउँदै गरेको स्रोतले जनाएको छ । धेरै दिनदेखि यो व्यवसायमा संलग्न उनीहरुको बारेमा प्रहरीले जानकारी लिएको छ । पक्राउ परेका राकेश कुमार वर्मा तौलिहवास्थित मेरा मार्टका सञ्चालक पनि हुन् ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग बुटवलमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । उनीहरु विरुद्ध विदेशी मुद्रा हिनामिनाको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Published Date: 03 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु