अवैध भारू २१ लाख रुपैयाँसहित तीन जना पक्राउ

अवैध भारू २१ लाख रुपैयाँसहित तीन जना पक्राउ : Icon Khabar

कपिलवस्तु, माघ १८ । कपिलवस्तुको तौलिहवाबाट २१ लाख अवैध भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा गएराति करिब नौ बजे तौलिहवाको जमुहर पुल नजिकै भारतीय नम्बर प्लेट भएको कारमा पैसासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन् ।

प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा शुद्धोदन गाउँपालिका–६ विमिहाका २६ वर्षीय राकेशकुमार वर्मा, गाडीका चालक नौगढ निवासी २८ वर्षीय हमिद मुसलमान रहेका छन् । , भारतको सिद्धार्थनगर, हाल मायादेवी गाउँपालिका–१ इमिलिया, कपिलवस्तुमा बस्छिन् ।

तौलिहवाबाट भैरहवा आउँदै गर्दा (युपी ५५ एएम ०४५९) हुण्डाई भेन्यु गाडीका चालक र अगाडिका दुई सिटबाट कुल २१ लाख ७१ हजार भारतीय रुपैयाँ बरामद गरिएको हो । सिट मुनि तीन ठाउँमा नक्कली बटम बनाएर लुकाएर रकम बरामद भएको हो ।

भारतमा सुन बेचेर उनीहरु तौलिहवातर्फ आउँदै गरेको स्रोतले जनाएको छ । धेरै दिनदेखि यो व्यवसायमा संलग्न उनीहरुको बारेमा प्रहरीले जानकारी लिएको छ । पक्राउ परेका राकेश कुमार वर्मा तौलिहवास्थित मेरा मार्टका सञ्चालक पनि हुन् ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग बुटवलमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । उनीहरु विरुद्ध विदेशी मुद्रा हिनामिनाको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता