“नालापानी” को ट्रेलर सार्वजनिक, साउन २५ मा प्रदर्शन हुने

“नालापानी” को ट्रेलर सार्वजनिक, साउन २५ मा प्रदर्शन हुने : Icon Khabar

काठमाडौं, साउन ७ । नयाँ नेपाली फिल्म “नालापानी” को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीका अनुसार यो फिल्म यही साउन २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।

निर्देशक अधिकारीका अनुसार यसअघि साउन १८ का लागि निर्धारण गरिएको यो फिल्म विद्यार्थीहरुलाई लक्षित गर्दै साउन २५ मा प्रदर्शन गर्न लागिएको हो ।

सोमवार फिल्मको ट्रेलर सार्वजनिक गरिएसँगै यसको प्रचार प्रसार तिब्र पारिएको निर्देशक अधिकारीको भनाइ छ ।

निर्देशक अधिकारी भन्छन्- ‘नालापानी फिल्म सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको फिल्म हो । फिल्मले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ ।’

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस गंगानारायण फिल्मस र बिजिबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता गणेश कार्की हुन् भने कार्यकारी निर्माता घनेन्द्र थपलिया, सहनिर्माता सपन थापा र निर्माता मनोज शाक्य हुन् ।

यो फिल्ममा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल, सुवर्ण थापालगायत धेरै कलाकारहरुको अभिनय रहेको छ ।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु