मुग्लिन–काठमाडौं सडकखण्ड पहिरो खसेर अवरुद्ध

मुग्लिन–काठमाडौं सडकखण्ड पहिरो खसेर अवरुद्ध : Icon Khabar

काठमाडौं, साउन ७ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडकखण्ड पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

यसअघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केहि बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु